यु-१९ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई राष्ट्रिय यु-१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
साथै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले मंगलबार श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चलमा हुँदैछ। ६ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, माल्दिभ्स र भुटान तथा समूह ‘बी’ मा नेपाल, भारत र श्रीलंका रहेका छन्।
नेपालले मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले मे १३ मा घरेलु टोली भारतको सामना गर्नेछ।
प्रतिक्रिया
Facebook Comment