दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं। प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ भने राष्ट्रियसभाको बैठक अपरान्ह १ः१५ बजेबाट सञ्चालन हुनेछ।
संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा सभामुख देबराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन्। राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्वबिद्यालय बिधेयक, २०८१’को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिनेछ।
गृह मन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल बिधेयक, २०८१ लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘नेपाल नागरिकता (दोस्रो संशोधन) बिधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। र, उक्त बिधेयक माथि प्राप्त संसोधनहरूलाइ निर्णयार्थ प्रस्तुत गरिनेछ।
साथै, सो बिधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
यसैगरी राष्ट्रिय सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसँग सबन्धित मन्त्रीले जवाफ दिनेछन् भने राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्योहोरा जानकारी गराइनेछ।
राष्ट्रियसभाको सचिव डा. सुरेन्द्र अर्यालले ‘सुशासनप्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह सबन्धी केही नेपाल ऐननलाई संसोधन गर्ने बिधेयक, २०८१ र सहकारी सबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बिधेयक, २०८१’ को सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश टेबुल गर्नेछन्।
उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले ‘बिधायन ब्यवस्थापन समितिको प्रतिबेदनसहित प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) बिधेयक, २०८० माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव र प्रतिानिधिसभावाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) बिधेयक, २०८० लाई पारित गरियोसे भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
Facebook Comment