माओवादी केन्द्रको जनतासँग माओवादी जागरण अभियान आजबाट पुनः सुरु

डिसी नेपाल
५ चैत २०८१ ९:४९

काठमाडौं। फागुन २५ गते राजतन्त्र पक्षधरले राजधानीमा प्रदर्शन गरेपछि बीचमै रोकिएमो माओवादी केन्द्रको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आजबाट पुन: सुरु हुने भएको छ।

झापाबाट सुरु भएको अभियान रौतहटमा पुगेपछि स्थगित भएको छ। सो अभियान आज बाराबाट पुनः सुरु गरिने भएको हो। अभियान सुरु गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु आज बारा जाँदैछन्।

अपराह्न चार बजे अभियान टोलीलाई स्थानीयले स्वागत गर्नेछन्। त्यसपछि आजैबाट कार्यक्रमहरु सुरु हुनेछन्। विहीबार दिनभर बाराका कार्यक्रममा सहभागी भएर शुक्रबार पर्सा पुग्ने कार्यक्रम छ।

यही १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएको अभियान २४ फागुनमा एक्कासी स्थगित गरिएको थियो। एक दिन एक जिल्लामा बिताउने र जनतासँग भेटघाट गर्ने अभियान आजबाट पुनः सुरु गर्न लागिएको हो।

७ र ८ गते बारा र पर्साको कार्यक्रम सकिएपछि माओवादी नेताहरुको टोली ९ गते चितवन आउने छ।

पूर्वपश्चिम राजमार्ग र हुलाकी मार्गमा केन्द्रित माओवादी केन्द्रको जागरण अभियान बीचबीचमा विश्राम गर्दै अघि बढ्ने छ र सुदूरपश्चिमको कञ्चनपुर पुगेर सम्पन्न हुनेछ।

यसअघि माओवादी केन्द्रले अभियानका लागि तयार पारेको तालिका अनुसारको कार्यक्रम भने प्रभावित भएको छ। माओवादी केन्द्रले नयाँ तालिका सार्वजनिक गरेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *