बालिका माथी जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

डिसी नेपाल
६ चैत २०८१ १२:५८

बझाङ । बझाङवाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

सूर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पवनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *