कालापानी जाने अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छः ओली

डिसी नेपाल
६ चैत २०८१ १४:१४

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताए ।

‘त्यहाँ (कालापानी, लिम्पियाधुरा)जाने अहिले कुनै पनि योजना छैन, पछी भने जान सकिन्छ,’ उनले भने । बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रतिप्रश्न गरे, ‘तपाइ जाने योजनामा हुनुहुन्छ र ? प्रश्नोत्तर जारी रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *