डडेलधुरमा देउवा र आरजुसहितका नेतालाई बहिष्कार गर्ने चेतावनी

काठमाडौं । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले सडक कालोपत्रे भएको तीन वर्षसम्म पनि पुल निर्माण नभएको भन्दै प्रदेश र संघीय सांसदलाई बहिष्कार गर्ने चेतावनी दिएका छन्।
डडेल्धुराबाट बैतडीको मेलौली जोड्ने उग्रतारा–मैलौली सडकखण्डको बसना खोलामा पुल निर्माण नभएपछि उनले यस्तो चेतावनी दिएका हुन्।
‘स्वीकृतको कुनै अत्तोपत्तो छैन। यो वर्ष पनि निराश पार्ने हो भने खबरदार माननीय खगराज भट्टज्यू, माननीय डा. तारा जोशीज्यू, माननीय सरस्वती खडकाज्यू, माननीय गीता मालज्यू र आदरणीय माननीय शेरबहादुर देउवाज्यू र डा. आरजु राणाज्यू, अजयमेरु गाउँपालिका–२, चमडामा बसना गाड तरेर आउने कुचेष्टा नगर्नुहोला। यहाँहरू सबैलाई बहिष्कार गरिनेछ,’ वडाध्यक्ष भट्टले भनेका छन्।
बसाना खोलाको पुलको बहुवर्षे ठेक्काका लागि प्रदेश सरकारको अर्थ मन्त्रालयमा फाइल पुगेको महिना दिनभन्दा बढी भइसकेको छ।
विरोधस्वरुप वडाका सबै बासिन्दाबाट चन्दा संकलन गरेर प्रदेश र प्रतिनिधिसभाका सांसदलाई खाजा खर्च पठाउने पनि वडाध्यक्ष भट्टले बताएका छन्।
Facebook Comment