क्रिकेटर युजवेन्द्र चहल र धनश्रीको सम्बन्ध विच्छेद स्वीकृत

डिसी नेपाल
६ चैत २०८१ १७:००

काठमाडौं । मुम्बईको एक पारिवारिक अदालतले भारतीय क्रिकेटर युजवेन्द्र चहल र धनश्रीको सम्बन्ध विच्छेदलाई स्वीकृत गरेको छ।

क्रिकेटर युजवेन्द्र चहलका वकिल नितिन कुमार गुप्ताले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै यसको पुष्टि गरेका छन् ।

उनले भने , “अदालतले सम्बन्ध विच्छेदलाई स्वीकृति दिएको छ। दुवै पक्षको संयुक्त निवेदन स्वीकार गरेपछि अदालतले यो निर्णय गरेको हो। अब उनीहरू पति-पत्नी रहेनन्।”

बार एण्ड बेन्चका अनुसार सम्बन्ध विच्छेद सम्झौता अनुसार चहलले धनश्रीलाई ४.७५ करोड रुपैयाँ भत्ता तिर्नुपर्नेछ। यो रकम दुई किस्तामा तिर्नुपर्नेछ।

क्रिकेटर युजवेन्द्र चहल र धनश्रीले डिसेम्बर २०२० मा विवाह गरेका थिए, तर दुवै जुन २०२२ मा अलग भए।

युजवेन्द्र चहल र धनश्रीले फेब्रुअरी ५ मा आपसी सहमतिमा सम्बन्ध विच्छेदको लागि अदालतमा निवेदन दिएका थिए र कुलिङ-अफ अवधि हटाउन पनि माग गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *