छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

काठमाडौं । देशका विभिन्न स्थानमा दुई जनाको शव फेला परेको छ।
चितवनको भरतपुर महानगरपालिका-१ देवघाटस्थित चौतारीमा पहिचान खुल्न नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत फेला परेका छन्।
यस्तै रूपन्देहीको मर्चवारी गाउँपालिका-६ बैरिहवा पहिचान नखुलेका अन्दाजी २९ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया
Facebook Comment