लुम्बिनीविरुद्ध कर्णालीको पाँच रनको जित

डिसी नेपाल
६ चैत २०८१ १७:५९

काठमाडौं । कर्णाली प्रदेशले तेस्रो जित हासिल गरेको छ। जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णालीले लुम्बिनी प्रदेशलाइ ५ रनले हराउँदै तेस्रो जित हासिल गरेको हो।

बिहीबार सिद्धार्थनगर क्रिकेट मैदानमा कर्णालीले लुम्बिनी प्रदेशविरुद्ध ५ रनको रोमाञ्चक जित निकाल्न सफल भएको छ।

कर्णालीले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.४ ओभरमा २०० रनमा समेटिन बिवश भएको हो।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रनको योगफल तयार पार्न सफल भएको छ।

कर्णालीका लागि दीपेन्द्र रावतले ८४ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरेका थिए भने अर्जुन घर्तीले ८४ बलमा तीन चौका र दुई छक्काको मद्दतले ५६, सुनिल धमलाले १९, दिनेश अधिकारीले १६, निश्चिल रावल र विपिन रावलले १० रन बनाउन सफल भएका थिए।

यो जितसँगै ६ खेलमा ६ अंक जोडेको कर्णाली पाँचौं स्थानमा उक्लिएको छ। पराजित लुम्बिनी सात खेलबाट आठ अंकका साथ तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *