एनआइसी एसिया लघुवित्तको आज वार्षिक साधारण सभा बस्दै

काठमाडौं। एनआइसी एसिया लघुवित्तको साधारण आज सभा वार्षिक साधारण सभा आज बस्दै छ ।
कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा विहान ९ बजेबाट सुरु हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया
Facebook Comment