खल्तीमा राखेको मोवाइल पड्किँदा १९ वर्षीय किशोरको अण्डकोष फुट्यो

काठमाडौं । मध्य प्रदेशको राजगढ जिल्लामा मंगलबार आफ्नो खल्तीमा रहेको मोबाइल विस्फोट हुँदा एक युवक घाइते भएका छन् । पीडित अरविन्द नामका किशोर घटनाको समयमा आफ्नो बाइक चलाइरहेका थिए।
मोबाइल विस्फोट हुँदा युवक बाइकबाट भुइँमा लडे र उनको टाउकोमा चोट लागेको छ। विस्फोटका कारण उनको अण्डकोष पनि क्षतिग्रस्त भएको छ । घटनापछि १९ वर्षीय युवकलाई अस्पताल लगिएको थियो।
अरविन्दले पानीपुरीको पसल चलाउँछन्। तरकारी किनेर बजारबाट नैनवाडा गाउँ फर्कँदै गर्दा यो घटना भएको थियो। उदनखेडी नजिकैको टोल प्लाजामा पुग्दा उनको मोबाइल विस्फोट भएको थियो।
विस्फोटपछि उनले आफ्नो सन्तुलन गुमाए र बाइकबाट खसे। विस्फोटका कारण उनको अण्डकोष फुट्यो। प्रत्यक्षदर्शीहरू तुरुन्तै उनलाई मद्दत गर्न गए र एम्बुलेन्सबाट सारंगपुरको अस्पताल लगियो। प्राथमिक उपचार गरेपछि, अरविन्दलाई शाजापुरको अस्पतालमा रेफर गरियो।
अरविन्दका भाइले बताएअनुसार उनले सेकेण्ड ह्याणड मोबाइल किनेका थिए। भाइका अनुसार उनले रातभरि मोबाइल फोन चार्जमा राखे र त्यसपछि आफ्नो खल्तीमा राखेर बजार गए। अरविन्दको अवस्था स्थिर र खतरामुक्त रहेको बताइएको छ।
स्थानीय मीरा मोबाइल पसलका मालिक भगवान सिंह राजपूतले स्थानीय मिडिया हाउसलाई बताएअनुसार सामान्यतया सेकेन्ड ह्यान्ड मोबाइल फोनको ब्याट्रीहरू चिनियाँ ब्याट्रीहरूले प्रतिस्थापन गरिन्छ र विस्फोटको खतरा हुने भएकाले यी मोबाइलहरू एक घण्टा मात्र चार्ज गर्न सिफारिस गरिन्छ।
Facebook Comment