बेलायतको सबैभन्दा ठूलो हिथ्रो विमानस्थल आगामी २४ घण्टा पूरै बन्द हुने

डिसी नेपाल
७ चैत २०८१ १०:४२

काठमाडौं । विमानस्थल नजिकैको विद्युतीय सबस्टेशनमा भीषण आगलागी भएपछि लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरि बन्द रहनेछ।

विमानस्थलले जारी गरेको विज्ञप्तिमा आगलागीका कारण विमानस्थलमा “ठूलो मात्रामा विद्युत आपूर्ति अवरुद्ध” भएको उल्लेख छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न, हिथ्रो २१ मार्चको राति २३:५९ बजेसम्म बन्द रहनेछ।’ बेलायतमा शुक्रबार रातको १२ बज्दा नेपालमा भोलि बिहान पौने ५ बज्नेछ ।

“यात्रुहरूलाई विमानस्थल नजान र थप जानकारीको लागि आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्छ। असुविधाको लागि हामी क्षमा चाहन्छौं।”

हिथ्रो बेलायतको सबैभन्दा ठूलो विमानस्थल हो, जहाँ हरेक दिन लगभग १,३०० विमान अवतरण र उडान भर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *