एक महिला र दुई पुरुष मृत फेला

डिसी नेपाल
७ चैत २०८१ १२:३५

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा एक महिला र दुई पुरुषको शव फेला परेको छ।

दाङको घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने ३९ वर्षीया सीता खनाल सोही ठाउँस्थित पानी सिचाईको कृतिम आरग्य ड्याममा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।

महोत्तरीको बर्दिबास नगरपालिका-१ बस्ने ७० वर्षीय सिंह बहादुर योञ्जन आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।

अर्घाखाँची, शितगंगा नगरपालिका-१० लिसीकुना बस्ने २४ वर्षीय बम बहादुर पुन सोही ठाउँस्थित लिसीकुना ओदाले ठुलोखोला वनमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *