नागरिक उन्मुक्तिको केन्द्रीय कार्यसमिति बैठक सुरु

डिसी नेपाल
७ चैत २०८१ १२:४७

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्न नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति बैठक बसेको हो। दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकताका विषयमा सदस्यलाई औपचारिक रुपमा जानकारी गराउँदै सुझाव लिइने पार्टी बरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।

बैठकले जनमत पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्ने उनले बताए। उनले केन्द्रीय कार्यसमिति बैठकपछि जनमत पार्टीसँग पार्टी एकता हुने र यसमा कुनै आशंका नरहेको धारणा राखे।

बैठकमा सवै केन्द्रीय सदस्यहरू, पार्टीबाट निर्वाचित संघ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप प्रमुखहरू, प्रथम महाधिवेशनबाट निर्वाचित सम्पुर्ण केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरू समेत उपस्थित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *