जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ

सिरहा । सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको गोलबजारपालिका- ४ का स्थितका माँ धमिनी एग्रो राइस मिलका सञ्चालक महेश साह (कोकवा)का छोरा अजय साहले विवाहको प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले लुकिछिपी बसेको अवस्थामा साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
साहमाथि एक युवतीलाई ललाइफकाई विवाह गर्ने प्रलोभनमा पारी पटक-पटक जबरजस्ती गरणी गरेको आरोप उनलाई बिहिवार राति पक्राउ गरेको हो।
करिव २ वर्ष अगाडी माँ धमिनी एग्रो राइस मिलका महेश मिलमै कामगर्ने एक जना कामदारलाई जबरजस्ती करणी आरोपमा पक्राउ परेका थिए। साहले करोडौंको चलखेल गरी उक्त मुद्दामा सफाइ पाएका थिए।
साहमाथी फागुन २७ गते नै जबरजस्ती कर्णीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले बताए। उनले भने, ‘साह लुकिछिपी बस्दै आएका थिए।’
प्रहरी देखेपछि भाग्ने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत गोलबजार-४ सातपत्रे खोला नजिकबाट साहलाई नियन्त्रणमा लिएको हो। उनले भने, ‘जबरजस्ती करणी आरोपका फरार प्रतिवादी साहलाई आज सम्मानित जिल्ला अदालतबाट म्याद थप भएको छ। थप अनुसन्धान कार्य भइरहेको छ।’
Facebook Comment