भारत भ्रमण सकेर परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

डिसी नेपाल
७ चैत २०८१ १६:११

काठमाडौं । परराष्ट्र मन्त्री आरजु देउवा राणा भारत भ्रमण सकेर स्वदेश फर्किएकी छन्। उनी नियमित स्वास्थ्य जाँच, तीर्थस्थल भ्रमण तथा रायसिना डायलगमा भाग लिन फागुन २६ गते त्यसतर्फ गरेकोमा शुक्रबार स्वदेश फिर्ता भएकी हुन्।

भारत भ्रमणका क्रममा राणाले भारतीय समकक्षी डा. एस जयशंकर, माल्दोभाका उपप्रधानमन्त्री, जर्जिया, युक्रेन र फिलिपिन्सका मन्त्रीलगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन्।

त्यसक्रममा जयशंकरसँगको भेटमा नेपाल र भारतबीच रहेका दुई पक्षीय संयन्त्रका बैठकमा भएका प्रगतिको समीक्षा भएको परराष्ट्र मन्त्री राणाले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *