आरआरको स्ववियु निर्वाचन चैत १६ गते

काठमाडौं । स्थगित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत १६ गते हुने भएको छ।
नियमित प्रकिया अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गत चैत ५ मा गर्नु पर्ने चुनाव अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएपछि स्थगित भएको थियो ।
आज बसेको विद्यार्थी संगठनसहितको सर्वपक्षीय बैठकले चैत १६ गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्मकुमार अधिकारीले जानकारी दिए । सो क्याम्पसमा ५ हजार १४७ जना मतदाता रहेका छन् ।
प्रतिक्रिया
Facebook Comment