प्रधानमन्त्री कप क्रिकेट : त्रिभुवन आर्मीसामू गण्डकी ६ विकेटले पराजित

डिसी नेपाल
७ चैत २०८१ १६:५३

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ।

दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शुक्रबार भएको खेलमा त्रिभुवन आर्मीले गण्डकीलाई ६ विकेटले हराएको हो। गण्डकी प्रदेशले दिएको ११७ रनको लक्ष्य आर्मीले २६ दशमलव ५ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

आर्मीाक लागि त्रितराज दासले सर्वाधिक ३७ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गण्डकी पदेशले ३० दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन जोडेको थियो। गण्डकीका लागि ओपनर अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाएका थिए।

त्यस्तै प्रतियोगीता अन्तर्गत रुपन्देहीको एक्स्ट्रा टेक ओभलमा भएको खेलमा कर्णाली प्रदेशले मधेशप्रदेश विरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्‍यो। कर्णालीले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश ३५ दशमलव २ ओभरमा १ सय ३९ रनमा समेटियो। मधेशका लागि रुपेश सिंहले सर्वाधिक ३० रन जोडे। त्यसअघि टस जितेर ब्याटिङ गर्दै ४९ दशमलव १ ओभरमा २ सय २० रनको बनाएको थियो।

कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६१ रन जोडे।

त्यस्तै रुपन्देहीको सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गर्‍यो। सुदूरपश्चिमले प्रस्तुत गरेको १९२ लक्ष्य एपिएफले ३६ दशमलव ३ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो। एपिएफका सन्दीप जोराले सर्वाधिक ५१ रन बनाए।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी प्रतियोगितामा ३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीम सहभागी छन्। राउण्ड रोविनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *