आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ६७ पैसा र बिक्रीदर १७८ रूपैयाँ ४५ पैसा, स्वीस फ्र्यांक एकको खरिददर १५५ रूपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रूपैयाँ ४६ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७३, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९६ रूपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १०३ रूपैयाँ ३३ पैसा निर्धारण गरिएको छ।
त्यसैगरी जापानी येन १० को खरिददर नौ रूपैयाँ २१ पैसा र बिक्रीदर नौ रूपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ९४ पैसा र बिक्रीदर १९ रूपैयाँ ०२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०५ पैसा र बिक्रीदर चार रूपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रूपैयाँ १८ पैसा निर्धारण भएको छ।
साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपैयाँ ६० पैसा र बिक्रीदर १३ रूपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ९५ पैसा र बिक्रीदर २० रूपैयाँ ०३ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७ रूपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ४४७ रूपैयाँ ३९ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३५८ रूपैयाँ १५ पैसा रहेको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।
Facebook Comment