झापाबाट १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडाैं। झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका-४ स्थित मेची राजमार्गबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करीव १६ सय ३६ किलो गाँजासहित दुई वट ट्रक नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिइएकाहरुमा धनकुटा जिल्लाको शहिदभूमी नगरपालिका-४ बस्ने महेश राई र ईलाम जिल्लाको माईजोगाई गाउँपालिका-२ बस्ने ३७ वर्षिय गंगा बहादुर बस्नेत छन्।
इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनि ट्रकलाई विशेष सूचनाको आधारमा नं. १ बराह बाहिनी मुख्यालय र नं. २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई नियन्त्रणमा लिईएको हो ।
साथै उनीहरुको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोवाईल सेट समेत बरामद भएको छ। नियन्त्रणमा लिईएकाहरुलाई बरामद गाँजा तथा ट्रकसहित आवश्यक कारवाहिको लागि सम्बन्धित निकायमा बुझाइएको छ।
Facebook Comment