दीपिकालाई पछि पार्दै प्रियंका बनिन् ‘हाइ पेड हिरोइन्’

मुम्बई। हिन्दी सिनेमामा शीर्ष नायिकाको कमी छैन। अहिले ठूलो पर्दामा सक्रिय रहनेमा दीपिका पादुकोण, प्रियंका चोपडा, आलिया भट्ट, कट्रिना कैफ र करिना कपूर खानजस्ता अभिनेत्रीहरु छन्। तर के तपाईलाई थाहा छ? यी मध्ये सबैभन्दा धेरै पारिश्रमिक लिने हिरोइन को हुन्?
बलिउडमा हिरो र हिरोइनको पारिश्रमिकको अन्तरको चर्चा प्रायः हुने गर्छ। हिरोइनले हिरोभन्दा कम पारिश्रमिक पाउँछन् तर कतिपय नायिका यस्ता पनि छन्, जसले यो मापदण्ड बदलेर आज आफ्नो चरित्र अनुसार हिरोको भन्दा बढी चर्को शुल्क लिइ रहेका छन्। यसअघि दीपिका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री थिइन तर अहिले उनको स्थान देसी गर्ल अर्थात प्रियंका चोपडाले लिएकी छिन्।
बलिउड देखि हलिउडसम्म विशेष गरी हलिउडमा काम गरेपछि आफ्नो अभिनय क्षमता प्रमाणित गरेकी प्रियंका चोपडाको नेटवर्थमा उल्लेख्य वृद्धि भएको छ। आज उनी विदेशी फिल्मका लागि मात्र नभई हिन्दी फिल्मका लागि पनि ठुलो पारिश्रमिक लिइरहेकी छिन्। दीपिकाले कुनै पनि फिल्मका लागि लिएको भन्दा पनि आफ्नो आगामी फिल्मका लागि उनले निर्माताबाट बढी पैसा लिने गरेकी छिन्।
प्रियंका चोपडाभन्दा पहिले दीपिका पादुकोण सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री हुन्। किनभने उनले आफ्नो ब्लकबस्टर फिल्म कल्की २८९८ एडीका लागि २० करोड पारिश्रमिक लिएकी थिइन्। तर, अहिले प्रियंका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन्। बलिउड हंगामाका अनुसार प्रियंका चोपडाले दिग्गज निर्माता÷निर्देशक एसएस राजामौलीद्वारा निर्देशित फिल्म एसएसएमबीः २९ को लागि करिब ३० करोड भारु लिएकी छिन्।
प्रियंकाले यति धेरै पारिश्रमिक मागेका कारण निर्माता अलमलमा परेका थिए तर अन्ततः उनलाई नै कास्ट गरियो। यदि यो सत्य हो भने प्रियंका बलिउडकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन्। तर, यसअघि प्रियंकाले आफ्नो हलिउड वेब सिरिज सिटाडेलका लागि करिब ४१ करोड रुपैयाँ कलेक्सन गरेकी थिइन्, जुन कुनै पनि नायिकाका लागि ठूलो कुरा थियो।
प्रियंका चोपडाले करिब २ दशकदेखि बलिउडमा काम गरे पनि अहिले हलिउड चलचित्रमा सक्रिय रहेकी छिन्। अब ६ वर्षपछि प्रियंका हिन्दी चलचित्रमा कम ब्याक गर्न लागेकी छिन् । अहिले उनी महेश बाबुसँग फिल्म एसएसएमबीः२९ को सुटिङ गरिरहेकी छिन्।
Facebook Comment