बलिउडको सबैभन्दा विवादित किस, जसकाकारण भयो महँगो फिल्म सुपरफ्लप

मुम्बई। आज ओटीटीको युग हो, जहाँ फिल्म वा शृङ्खलाहरूमा डर बिना अन्तरंग दृश्यहरू राखिएका हुन्छन्। अहिले अवस्था यस्तो छ कि ठूला पर्दामा रिलिज हुने फिल्ममा पनि खुलेआम किसिङ सिनहरू पनि देख्न पाइन्छ। तर एक समय थियो, जब नायक र नायिकाको चुम्बन दृश्यलाई समेत लिएर हंगामा हुने गर्दथ्यो।
अब कल्पना गर्नुहोस् कि त्यो समयमा दुई नायिकाहरू बीचको दृश्य राखिएको रहेछ भने के हुन्थ्यो? यही एक दृश्यका कारण करोडौंको व्यापार गरेको यो फिल्म बक्स अफिसमा असफल भयो र फिल्म करिडोरमा विवादसमेत चर्किएको थियो।
हामी बलिउडको सबैभन्दा महँगो फिल्म मध्य एक ‘रजिया सुल्तान’ को कुरा गर्दैछौं। सन् १९८६ मा बनेको रजिया सुल्तानमा धर्मेन्द्र, हेमा मालिनी र परवीन बाबी मुख्य भूमिकामा थिए। यो फिल्म ८० को दशकको सबैभन्दा महँगो फिल्म थियो। फिल्मको कथा दिल्लीकी एकमात्र सुल्तान रजिया सुल्तानामा जीवन कथामा आधारित थियो।
‘रजिया सुल्तान’ सबैभन्दा धेरै चर्चामा आएको फिल्म हो। यो फिल्म एके मिश्राले निर्माण गरेका थिए र निर्देशनको जिम्मेवारी कमल अमरोहीको काँधमा थियो। त्यसबेला रजिया सुल्तान बनाउन १० करोड बजेट खर्च भएको बताइएको छ। तर फिल्मको कमाइ बजेटको आधा पनि हुन नसकेर सुपरफ्लप भयो।
फिल्मले घरेलु बक्स अफिसमा जम्मा २ करोडको व्यापार गरेको थियो। यो फिल्म बनाउनका लागि त्यतिबेला उद्योगका धेरै व्यक्तिबाट ऋण लिइएको बताइएको छ। तर, फिल्म फ्लप भएपछि पैसा फिर्ता भएन । त्यो अवधि उद्योगका लागि कठिन समय थियो।
शीर्ष स्टारको कास्टिङ भए पनि ‘रजिया सुल्तान’ को फ्लप ठूलो कुरा थियो। यो फिल्म फ्लप हुनुमा दुई नायिकाबीच भएको ‘इन्टिमेट सीन’ जिम्मेवार मानिएको छ । फिल्ममा रजिया सुल्तान (हेमा मालिनी) र उनकी केटी साथी अर्थात प्रेमी (परवीन बाबी) सँग नजिकिँदै गएको देखाइएको थियो। दुवै बीच चुम्बनको दृश्य पनि थियो।
एकजना पुरुष र महिलाबीचको चुम्बन दृश्यलाई लिएर हंगामा हुने बेलामा दुई महिलाबीचको चुम्बन दृश्यले सबैको होश उडायो । निर्देशकलाई यो प्रवृत्ति सेट गर्न गाह्रो भयो र धेरै आलोचनासमेत भएको थियो।
फिल्ममा रहेको कठिन उर्दूलाई पनि ‘रजिया सुल्तान’ फ्लप हुनुको एउटा कारण मानिन्छ । मानिसहरु थिएटरमा फिल्म हेर्न जान्थे तर उर्दू नबुझ्दा मानिसहरु दिक्क भएका थिए । यो फिल्मको असफलताले कमल अमरोहीको करियरलाई पुरै ध्वस्त बनायो। त्यसपछि उनले कुनै पनि फिल्ममा गरेनन् । परवीन बाबी र हेमा मालिनीको रोमान्टिक गीतसँगै यो फिल्म दूरदर्शनमा टेलिकास्ट हुँदा उनीहरुको किसिङ सीन पनि हटाइएको थियो।
Facebook Comment