मुलुकको आर्थिक समृद्धिमा पानीको महत्त्व छ : मन्त्री खड्का

डिसी नेपाल
८ चैत २०८१ ११:०४

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन्।

शनिबार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै मन्त्री खड्काले पानीको सहि सदुपयोग र सहि उपयोग गर्न सके दैनिक जिवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुर्याउने बताएका हुन्।

उनले भने, ‘पानी बिना जिवन एकछिन कल्पना गर्न पनि हामीलाई गाहे छ। सबैभन्दा बढी पानी अर्थात जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दैगर्दा हामी महशुस गर्न सक्छौं। यसरी तुलनात्मक ढंगले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो। यसलाई सहि सदुपयोग र उपयोग गर्नु आजको आवश्यकता हो। दैनिक जिवनमा मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पनि यो पानी अर्थात जलस्रोत अत्यन्तै उपयोगी छ। खासगरी नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढीरहेको छ। ’

साथै उनले पानीको संरक्षण सँगसँगै पानीबाट श्रृजित चुनौतिहरुको व्यवस्थापन गर्नुपर्ने बताए। उनले हिमालहरुको अवस्था, हिमनदीहरुको अवस्था र त्यसबाट श्रृजित समस्याहरुको समाधानका लागि नेपाल सरकार गम्भिर रुपले लागिरहेको समेत बताए।

उनले भने, ‘हामीले स्वच्छ पानीका कुरा गरिराखेका छौं। र पानीको संरक्षण सँगसँगै पानीबाट श्रृजित चुनौतिहरुको व्यवस्थापन आवश्यक छ। वातावरण प्रभावका कुरा गरिराखेको छौं। वातावरणका असरका कारण, हिमालहरुको अवस्था, हिमनदीहरुको अवस्था र त्यसबाट श्रृजित समस्याहरुको समाधानका लागि नेपाल सरकार गम्भिर छ। विभिन्न दातृ राष्ट्रहरुसँग, विकास साझेदारी राष्ट्रहरुसँग छलफल र अनुरोध गरिराखेको छ। हामीले हाम्रो तहबाट संरक्षण गर्ने कुरा र उपयोग गर्ने कुरामा पनि हामी सबै नेपालीहरु आफ्नो ठाउँबाट लाग्नुपर्छ भन्ने म विश्वास राख्न चाहन्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *