महायज्ञका नाममा दलितमाथि ज्यादति, पीडित परिवार विस्थापित

डिसी नेपाल
८ चैत २०८१ १२:४८

सिरहा । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञको नाममा घर भत्काएका दिपक मलिक परिवार सुरक्षाका कारण विस्थापित भएका छन्।

घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार अध्यक्ष शिवजी यादबलाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा रुकेश यादव ५/७ जनाको समूह लिएर शुक्रबार साँझ पीडित दीपक मल्लिक घरपरिवारसहित विस्थापित भएका हुन्।

रुपेशले पीडित परिवारलाई आफूहरूसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन भनेका थिए।

असुरक्षा बढ्न थालेपछि दिपककी श्रीमती अनिता मलिक सिरहा नगरपालिका-१९ सन्हैठामा आफन्तको घरमा बस्न गएका छन्। दिपक आफैँ भने गाउँकै एक जनाको घरमा बसोवास गरेको स्थानीयले बताएको छ।

उनका छोराछोरीहरू भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए। प्रहरीले सुरक्षाका कारण दिपकका परीवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए।

घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्ववडाअध्यक्ष दिलिप यादवलाई पक्राउ गरेपछि औरहीमा सुरक्षा व्यवस्था बढाएको छ। मलिक परिवारको घर सुरक्षाका लागि करिव दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ।

औरही गाउँपालिका ५ मा महायज्ञ लगाउने स्थानबाट दिपक मलिकको घर गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर भत्काएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *