संविधानसभाबाट हटाइसकिएको राजतन्त्र आउँदैन : बाबुराम भट्टराई

डिसी नेपाल
८ चैत २०८१ १५:५४

जनकपुरधाम । नेपाल समावादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र आउने सम्भावना नरहेको बताएका छन्।

शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले संविधानसभाबाट राजा हटाएकोले आउने सम्भावना नरहेको बताएका हुन्।

‘कतिपय मान्छेले राजतन्त्र आयो भने के बिग्रिन्छ? खास गरेर अहिले हिन्दु कट्टरपन्थी शक्तिहरुले हिन्दु राजा ल्याएपछि आफ्नो धार्मिक आस्थाको रक्षा हुने बालसुलभ सोचाइ राख्छन्। उनीहरुप्रति हाम्रो भनाइ के छ भने राजतन्त्र आउनु भनेको संविधान भत्काउनु हो,’ उनले भने।

संविधानसभाले नेपाली जनतालाई सार्वभौम बनाएको उनले बताए। ‘यो संविधान नै भत्कियो भने सार्वभौमसत्ता नै गयो। अनि त्यो खाली ठाउँ कसले भर्ने? बाहिरी शक्तिले कि सेनाले? कि अन्य शक्तिले? देश त फेरि अस्थिरतातर्फ फस्छ। यो जटिल भूराजनीति भएको मुलुक फेरि अस्थिरतातर्फ गयो भने देशको सार्वभौमसत्ता नै गम्भीर समस्यामा पर्छ,’ उनले भने।

भट्टराईले मधेसी जनताले आफ्नो अधिकार र पहिचानका निम्ति सबैभन्दा बढी बलिदानी दिएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *