देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
महोत्तरीको गौशाला नगरपालिका-८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा अन्दाजी २५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्। उनको पहिचान खुल्न सकेको छैन।
यस्तै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-७ स्थित डमपिङ साइडमा पहिचान नखुलेका अन्दाजी ६५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment