कृषिमा प्रयोग हुने यन्त्र र उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैनः कृषि मन्त्री

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको बताएका छन्।
नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौ वार्षिक साधारण सभमा मन्त्री अधिकारीले कृषिलाई यन्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता रहेपनि त्यस्ता यन्त्र तथा उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था नरहेको मन्त्री अधिकारीको भनाई थियो।
हजारौं, लाखौ रुपैयाँ खर्च गरेर खरिद गरिएका मेसिन मर्मतका लागि किसानले धेरै खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै अब त्यो अवस्थाको अन्त्य गर्नेतर्फ लाग्नुपर्ने धारणा राखेका थिए।
कृषि यान्त्रिकीकरणको प्रवद्र्धनमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको र अब यस्ता यन्त्र उपकरण स्वदेशमै वनाउन पहल गर्न व्यवसायीहरुलाई मन्त्री अधिकारीको आग्रह थियो।
उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दीगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिदै सरकार अघि वढेको र आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरु निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भएको दाबी समेत गरे।
Facebook Comment