श्री केश जडीबुटी हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत, नेपालकै पहिलो प्रमाणित जडीबुटी तेल

काठमाडौं। सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा उत्पादित ‘श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल’ नेपाल सरकारको औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ। यससँगै, यो विभागमा औपचारिक रूपमा दर्ता हुने पहिलो जडीबुटीजन्य हेयर ओएल बनेको छ।
औषधि व्यवस्था विभागले २०८१ असार २३ गतेको निर्णयअनुसार जडीबुटीजन्य सुगन्धित तेलहरू दर्ता गर्नुपर्ने नियम लागू गरेको थियो। सोही अनुरूप, श्री केशले आवश्यक मापदण्ड पूरा गर्दै फागुन २५ गते विभागको आयोग बैठकमार्फत आधिकारिक रूपमा दर्ता गराइएको हो।
यस निर्णयसँगै, नेपालमा उत्पादित अन्य जडीबुटीजन्य सुगन्धित तेलहरू पनि अब अनिवार्य रूपमा औषधि व्यवस्था विभागमा दर्ता हुनुपर्नेछ। यसले बजारलाई व्यवस्थित मात्र नभई, उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने विश्वास गरिएको छ।
श्रीकेशका सञ्चालक टिकाराम बुढाथोकीले भने, “हामीले प्राकृतिक जडीबुटीको सही संयोजनद्वारा प्रभावकारी उत्पादन बनाउन निरन्तर परिश्रम गरिरहेका छौं। श्री केशको सरकारी मान्यता प्राप्त भएपछि उपभोक्तामा झनै विश्वास बढ्नेछ। गुणस्तरीय उत्पादनमार्फत स्वदेशी ब्रान्डलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने हाम्रो लक्ष्य छ।”
सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीले नेपालमै पाइने जडीबुटीको उपयोग गरी विभिन्न आयुर्वेदिक सामग्री उत्पादन गरिरहेको छ। छोटो समयमा नै, श्री केश ब्रान्डले देश-विदेशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। उपभोक्ताहरूले यसको प्रभावकारिता र प्राकृतिक गुणस्तरलाई प्राथमिकता दिइरहेका छन्, जसका कारण यो उत्पादन बजारमा निकै लोकप्रिय बन्दै गएको छ।
Facebook Comment