नेष्डो लघुवित्तको आज वार्षिक साधारण सभा बस्ने

डिसी नेपाल
९ चैत २०८१ ८:३९

काठमाडौं। नेष्डो लघुवित्तको वार्षिक साधारण आज बस्दै छ। सभामा कम्पनीले कुल १५ प्रतिशतले लगानीकर्तालाई लाभांश वितरण गर्दै छ ।

कम्पनीले १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, फागुन २७ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । कम्पनीको सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११:३० बजे सुरु हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *