ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट

डिसी नेपाल
९ चैत २०८१ १०:३२

काठमाडौं । ङादी ग्रुप पावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो। कम्पनीले  ८ लाख ७३ हजार ६१.२२५ कित्ता लिलामी  सेयर चैत ४ गते बाँडफाँट गरिएको हो।

जसमा न्यूनतम २६६ रुपैयाँ २० पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश गर्ने आवेदकले सेयर पाएका छन्। यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको थियो।

कम्पनीले लिलामी बाँडफाँटमा नपरेको सेयरको पैसा सोमबार (चैत ११ गते) देखि फिर्ता दिने भएको छ। कम्पनीले आवेदकले लिलामी आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै क्लियरिङ हाउसको कनेक्ट आइपीएस मार्फत रकम फिर्ता पाउने जनाएको छ।

यता, कम्पनीले आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौंमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *