ससुराली हिँडेका युवकको हत्या

डिसी नेपाल
९ चैत २०८१ ११:४९

जनकपुरधाम । ससुराली हिँडेका धनुषाका एक युवकको अपहरणपछि विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर्षीय शिवशंकर महतोको हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

गौशाला नगरपालिका-८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ शुक्रबार साँझ साढे ५ बजे उनको शव फेला परेको थियो।

उनको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको अवस्थामा फेला परेको र घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका-५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *