दुई सवारी चालकबीच कुटाकुट

डिसी नेपाल
९ चैत २०८१ १२:१३

धनगढी । कैलालीमा दुई जना सवारी चालकबीच कुटाकुट भएको छ।

गएराति टीकापुर नगरपालिका–१ मुक्त कमैया शिविरमा सोही ठाउँको विपद्पुर बस्ने सुदूरपश्चिम प्रदेश ०१००१ प ७१९५ नम्बरको मोटरसाइकल चालक प्रेमलाल चौधरी र भे १ स ९२६६ नम्बरको अटो चालक जगत चौधरीबीच कुटाकुट भएको हो।

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नबिन बुढाथोकीका अनुसार मोटरसाइकल चालक प्रेमलाल चौधरीले अटो चालक जगत चौधरीलाई बाटो नछोडेको निहुँमा आफैँले अटोलाई धक्या लगाएर हटाउँदा दुबै चालकबीच वादविवाद भएको थियो। सोही क्रममा उनीहरूबीच कुटाकुट भएको डिएसपी बुढाथोकीले बताए।

कुटाकुटपछि मोटरसाइकल चालक प्रेमलाल चौधरी घाइते भएका छन्। उनलाई टीकापुरमा समान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ। चालक र अटोलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *