प्रेस चौतारीको महाधिवेशन सुरु, प्रधानमन्त्री गएनन्

डिसी नेपाल
९ चैत २०८१ १४:४३

बिराटनगर । प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ।

‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशन तीन दिनसम्म चल्ने छ।

महाधिवेशनको आइतबार बिहान ११ बजे  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भए पनि अन्तिम समयमा रोकिन पुगेका छन्। उनको सट्टा नेकपा एमालेका महासचिव शंकर पोखरेल बिराटनगर पुगेका छन्।

महाधिवेसनका लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्य र प्रतिनिधि विराटनगर रहेका छन्। महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिए।

अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई भने आज र भोलीका लागि आवासको व्यवस्था गरिएको छ। अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन यस महाधिवेशनले गर्ने महासचिव लामाले जानकारी दिएका छन्।

चौतारीको भावी अध्यक्षका लागि दुई जनाले उम्मेदवारी घोषणा गरिसकेका छन्। जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राईले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन्। अहिलेसम्म नै पाण्डे र राईबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ। संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने जनाइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *