प्रधानमन्त्रीको विश्लेषण : व्यवस्था परिवर्तन हुँदैन, राजावादीको गतिविधिलाई निगरानीमा राख्नुपर्छ

काठमाडौं। फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा विमानस्थलबाहिर समर्थकहरु राजाको स्वागतमा भेला भएदेखि त्यसलाई गणतन्त्रमाथि खतराको रुपमा कतिपयले औंल्याएका छन्।
फागुन २५ गतेको राजावादीको प्रदर्शनपछि नेपालको राजनीति तरंगित भएको छ। जसका कारण राजतन्त्रवादी र गणतन्त्रवादी आमने सामने हुने अवस्था आएको छ।
गणतन्त्रवादी नेताहरुले अब कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने दाबी गरिरहेका छन्। तर राजावादीहरु भने एकदम हौसियर अब चाँडै नेपालमा राजनीति परिवर्तन हुने र नयाँ व्यवस्था अनुसार राजालाई पनि समेट्ने गरी नयाँ समीकरण हुने दाबी गरिरहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कुनै पनि हालतमा व्यवस्था परिवर्तन नहुने तर राजावादीहरुको गतिविधिलाई निगरानीमा राख्नु पर्ने विश्लेषण गरेका छन्। यतिबेला व्यक्तिगत रुपमा आफ्ना विरुद्ध गतिविधि हुन थालेको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई राष्ट्रवादी भन्नेहरुले नै विदेशी नेताको फोटोसहित प्रदर्शन गरेर आफू विरुद्ध गतिविधि गरेको भन्दै आपत्तिसमेत जनाएका छन्।
ओलीले राजावादीहरुको अहिले कै गतिविधिले वर्तमान व्यवस्थालाई कुनै फरक नपर्ने विश्लेषण सुनाएका हुन्। चैत ४ गते बसेको एमाले सचिवालय बैठकमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राजावादीहरुको अहिलेको गतिविधिलाई सुक्ष्म रुपमा नियाल्ने र निगरानी गर्ने काम भइरहेको सुनाएका हुन्।
प्रधानमन्त्रीको आत्मविश्वास देख्दा सरकार राजावादीको आन्दोलनबाट किन्चित पनि आत्तिएको छैन। र आन्दोलनलाई कमजोर आँक्ने पक्षमा पनि छैन।
बैठकमा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा व्यवस्था परिवर्तन नहुने विश्लेषण सुनाएको एक सचिवालय सदस्यले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीको आत्मविश्वास देख्दा सरकार राजावादीको आन्दोलनबाट किन्चित पनि आत्तिएको छैन। र आन्दोलनलाई कमजोर आँक्ने पक्षमा पनि छैन।
ओलीले राजावादीका क्रियाकलाप आफू विरुद्ध केन्द्रित भएको भन्दै असन्तुष्टि जनाएका थिए। ‘आफूलाई राष्ट्रवादी भन्नेहरुको आन्दोलनमा विदेशी नेताको फोटो राखिन्छ, अनि मेरो विरुद्ध व्यक्तिगत तहमा उत्रिएर गाली गलौैज गरिन्छ,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘मेरो विरुद्ध गाली लगौज गर्दा व्यवस्था तलमाथि हुँदैन। तर हामीले उनीहरुका क्रियाकलापलाई निगरानी गर्नुपर्छ।’
प्रधानमन्त्री ओली जस्तै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्कमल दाहाल पनि कुनै पनि हालतमा राजतन्त्र फर्किन नसक्ने भन्दै पूर्वराजाप्रति आक्रोशित हुँदै आएका छन्।
उता राजावादीहरुले भने चैतको २० गतेपछिको आन्दोलनले राजालाई पुनस्थापित गर्ने दाबी गर्दै आएका छन्। फागुन २५ गते आफ्नो स्वागतमा भेला भएका समर्थकको संख्या देखेपछि पूर्वराजासमेत हौसियका छन्।
उनी काठमाडौंमा समर्थकको ठूलो स्वागत पाएपछि शुक्रबार पहिलो पटक राजधानी बाहिरको कार्यक्रमका लागि गोरखा गएका थिए। यो भ्रमणमा पूर्वराजाले गोरखनाथ, गोरखकाली र मनकामनाको दर्शन गरेका छन्।
‘अहिले देशमा शान्ति चाहिएको छ। कोही डराउनु पर्दैन, कसैले पनि खराब नचिताओस् र भलो चिताओस् भन्ने मेरो कामना छ। देशमा विकास होस्। सबैलाई सुख र समृद्धि होस् भन्ने मेरो कामना छ,’ शुक्रबार स्थानीय संचारकर्मीसँग पूर्वराजाले भने।
नेपालमा गणतन्त्र स्थापना भएको १७ वर्ष पुग्न लागेको छ र पछिल्ला वर्षमा देखिएको राजनीतिक अस्थिरताका माझ राजसंस्था पक्षधर शक्तिहरूले राजासहितको लोकतान्त्रिक व्यवस्था बहाल हुनुपर्ने माग गर्दै आन्दोलन अघि बढाउने घोषणा गरेका छन्।
आफ्नो लुटको दुनियाँ फुत्किन्छ भनेर शेरे, प्रचण्ड , ओलीहरुले विरोध गरेका हुन ।