आजबाट प्रेस चौतारीको बन्द सत्र

बिराटनगर। प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन हिजाेबाट विराटनगरमा सुरु भएकाे छ। ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ सुरू भएकाे महाधिवेशन तीन दिनसम्म चल्ने छ। साेमवारबाट भने बन्द सत्र सुरू हुनेछ।
केन्द्रीय महाधिवेशनको आइतबार बिहान ११ः०० बजे प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएकाे भए पनि अन्तिम समयमा राेकिन पुगेका छन्। उनकाे सट्टा नेकपा एमालेका महासचिव शंकर पाेखरेल बिराटनगर पुगेर महाधिवेसन उदघाटन गरेका थिए।
महाधिवेशनमा झण्डै १ हजार प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिएका छन्। अतिथि, केन्द्रीय पदाधिकारी र सदस्यलाई हिजोबाट र प्रतिनिधिलाई भने आइतबार र साेमवार लागि आवासको व्यवस्था गरिएको छ। अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन यस महाधिवेशनले गर्ने महासचिव लामाले जानकारी दिएका छन्।
चौतारीको भावी अध्यक्षका लागि २ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन्। जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राइले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन्। अहिलेसम्म नै पाण्डे र राईबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ। संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने जनाइसकेका छन्।
Facebook Comment