युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको आज साधारण सभा बस्दै

डिसी नेपाल
१० चैत २०८१ ८:१५

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ । सभामा यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । साथै, यसले १ बराबर १ सेयर अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । हाल यसको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गते शुक्रबार बुक क्लोज गरिसकेको छ । त्यसैले फागुन २२ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभा आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *