डेनमार्कलाई हराउँदै पोर्चुगल सेमिफाइनलमा

डिसी नेपाल
१० चैत २०८१ ८:२८

काठमाडौं। डेनमार्कलाई दोस्रो लेगमा ५–२ ले हराउँदै पोर्चुगल युरोपियन नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो लेगमा घरेलु मैदानमा डेनमार्क १–० ले विजयी भएको थियो । लिस्वनमा भएको दोस्रो लेगमा पोर्चुगल ५–२ ले विजयी हुँदै भब्य रूपमा कमब्याक गर्न सफल भयो ।

समग्रमा टिम ५–३ ले विजयी हुँदै सेमिफाइनलमा जर्मनीसँगको भेट पक्का गरेको छ । अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन प्रतिस्पर्धा गर्नेछन् ।

पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रिन्काओले दुई तथा कप्तान क्रिष्टियानो रोनाल्डो र गोन्कालो रामोसले समान एक गोल गरेका थिए । कप्तान रोनाल्डो भने खेलको छैटौं मिनेटमै पेनाल्टीमा गोल गर्न पनि चुकेका हुन् ।

आइतबार राति नै भएको खेलको पेनाल्टीमा जित निकाल्दै फ्रान्स र स्पेन सेमिफाइनलमा प्रवेश गरेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *