प्रधानमन्त्री क्रिकेट कपः तीनवटा खेल सुरू

डिसी नेपाल
१० चैत २०८१ ९:२३

काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैँछन् ।

जसअनुसार लुम्बिनी र एपीएफ, मधेश र गण्डकी तथा कर्णाली र बागमती बिच तीनवटा खेल हुदैँछन् ।

मधेश र गण्डकी प्रदेशबीच भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा खेल हुनेछ भने लुम्बिनी र एपीएफबीचको खेल तिलोत्तमाको एक्स्ट्राटेक ओभल, रूपेन्देहीमा हुनेछ।

उता, कर्णाली र बागमती प्रदेशबीचको खेल लमहीको देउखुरी क्रिकेट स्टेडियममा हुनेछ। तीनैवटा खेल विहान ९ बजेदेखि सुरू भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *