सिटिजन लाइफ इन्स्योरेन्सको चैत १५ गते एजिएम बस्ने

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सको चैत १५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर तिर्न)वितरण प्रस्ताव पेश गर्नेछ ।
यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ ।
फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
प्रतिक्रिया
Facebook Comment