गणतन्त्रवादीले १२०६ मत ल्याउँदा राजावादी ७३ मा सीमित

काठमाडौं। अस्कल क्याम्पसमा राजतन्त्र पक्षधरले जम्मा ७३ मत प्राप्त गरेको छ। अस्कल क्याम्पसको स्ववियु निर्वाचनमा समानुपातिक मत परिणाम अनुसार राजतन्त्र पक्षधर मानिएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले जम्मा ७३ मत प्राप्त गरेको हो।
गणतन्त्रवादी विद्यार्थी संगठनले १२०६ मत प्राप्त गर्दा राजावादी भने ७३ मतमा सिमित भएको बिधार्थी नेता ऐन महरले जनाएका छन्। जसअनुसार एमाले निकट अनेरास्ववियुले सबैभन्दा बढी ६७२, नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले २७४ र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले २६० मत प्राप्त गरेको छ।
यहाँ एमाले निकट अखिलले बिजय हासिल गरेको थियो। अस्कल क्याम्पसमा अध्यक्षमा रुद्रहरि पोखरेल तथा सचिव गोपाल शाहीसहित अखिलको पुरै प्यानल दोब्बर मतले बिजयी भएका छन्।
Facebook Comment