पहिलो आईपीएल देखि २०२५ सम्मका हरेक संस्करणमा खेल्ने यी हुन् ८ खेलाडी

डिसी नेपाल
१० चैत २०८१ १०:१६

काठमाडौं। आईपीएलमा सक्रिय क्रिकेटरहरूमध्ये सबैभन्दा सिनियर खेलाडीको श्रेय विराट कोहलीलाई छ। विराट कोहली एक मात्र खेलाडी हुन्, जसले आईपीएलको पहिलो उद्घाटन खेल खेलेका थिए र अहिले पनि सक्रिय छन्।

विराट कोहली त्यतिबेला रोयल च्यालेन्जर्स बैंगलोरको मैदानमा प्रवेश गरेका थिए र आज पनि उनी त्यही टोलीसँग छन् । आईपीएलमा उनीभन्दा अगाडि न त कुनै खेलाडी छन्, न त एउटै टोलीबाट यति लामो समय खेलेको कोही नै छन् । कोहलीको योगदान भनेको आईपीएलमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि हो ।

एमएस धोनीलाई आईपीएलको दोस्रो सबैभन्दा सिनियर खेलाडी भन्न सकिन्छ। उनले यस लिगमा आफ्नो पहिलो खेल १९ अप्रिल २००८ मा किङ्स इलेभेन पञ्जाबबाट खेलेका थिए । यदि प्रतिबन्धको दुई वर्षलाई हटाइयो भने धोनी त्यसबेला देखि अहिलेसम्म चेन्नइ सुपर किंग्ससँग थिए। स्पट फिक्सिङ मामिलामा सीएसकेलाई २ वर्षको प्रतिबन्ध लाग्दा धोनीले पुणे सुपर जायन्ट्सबाट खेलेका थिए ।

रविन्द्र जडेजा आईपीएलमा कोहली र विराटपछि सबैभन्दा सिनियर खेलाडी हुन् । उनले आफ्नो पहिलो खेल २० अप्रिल २००८ मा खेलेका थिए। आईपीएलमा राजस्थान रोयल्सबाट करियर सुरु गरेका रविन्द्र जडेजाले कोची टस्कर्स र गुजरात लायन्सबाट पनि खेलेका थिए। अहिले उनी चेन्नई सुपर किंग्सको हिस्सा रहेका छन ।

भारतीय कप्तान रोहित शर्मा पनि सन् २००८ देखि आईपीएल खेल्दै आएका छन् । रोहित शर्माले डेक्कन चार्जर्सबाट आईपीएलमा आफ्नो करियर सुरु गरेका थिए । उनले यो टोलीसँग उपाधि पनि जितेका छन् । यसपछि रोहित मुम्बई टिममा सामेल भए । उनले कप्तानको रूपमा ५ पटक मुम्बई इन्डियन्स ट्रफी जितेका छन् । अहिले उनी टिमको सिनियर खेलाडीका रुपमा खेलिरहेका छन् । टोलीको कमाण्ड भने हार्दिक पाण्ड्याको हातमा छ ।

शिखर धवन आईपीएलको पहिलो सिजनदेखि नै खेल्दै आएका छन् । उनले आफ्नो आईपीएल करियर दिल्लीको टोलीबाट सुरु गरेका थिए। त्यसपछि उनले मुम्बई इन्डियन्स, डेक्कन चार्जर्स र सनरायर्स हैदरावादबाट खेले। सन २०१९ मा उनी दिल्ली टोलीमा फर्किए र अहिले पंजाब किंग्ससँग रहेका छन्।

अजिंक्य रहाणे, मनिष पाण्डे र इशान्त शर्मा पनि सन् २००८ देखि आईपीएल खेल्दै आएका छन् र २०२५ मा पनि मैदानमा देखिने छन् । अजिंक्य रहाणे कोलकाता नाइट राइडर्सको कप्तानीमा देखिने छन् । यसपटक इशान्त शर्मा शुभमन गिलको कप्तानीमा गुजरात टाइटन्समा खेल्दैछन् ।

ऋद्धिमान साहा र पियुष चावलाको आईपीएल यात्रा २००८ देखि २०२४ सम्म चलेको थियो। पियुष चावलाले २०२४ मा पनि आईपीएल खेल्न चाहन्थे तर उनले लिलामीमा कुनै खरीददार भेटेनन्। ऋद्धिमान साहाले २०२४ मा क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिइसकेका छन्, जसका कारण उनी लिग खेल्ने देखिने छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *