आईपीएलमा जोफ्रा आर्चरबारे हरभजन सिंहको टिप्पणीले विवाद

काठमाडौं । भारतीय क्रिकेट टोलीका स्पिनर हरभजन सिंह आईपीएल २०२५ मा कमेन्ट्रीको कारण विवादमा परेका छन्। यो मामिला आइतबार खेलिएको सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको खेलसँग सम्बन्धित छ।
यस खेलमा, इङ्गल्याण्ड क्रिकेट टोलीका तीव्र गतिका बलर जोफ्रा आर्चरले राजस्थान रोयल्सका लागि १८ औं ओभर बलिङ गरे। त्यतिबेला इशान किशन र हेनरिक क्लासेन पिचमा ब्याटिङ गरिरहेका थिए।
आर्चरको दोस्रो र तेस्रो बलमा क्लासेनले लगातार चौका प्रहार गर्दा हरभजन सिंहले टिप्पणी गरे। उनले भने, “लन्डनमा कालो ट्याक्सीको मिटर छिटो चल्छ र यहाँ आर्चर साहबको मिटर पनि छिटो चलेको छ।”
उक्त टिप्पणीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आक्रोशित बनाएको छ । प्रयोगकर्ताहरूले हरभजन सिंहलाई आईपीएल २०२५ को कमेन्ट्री प्यानलबाट हटाउन माग गरेका छन् ।
विश्वजीत नामक एक प्रयोगकर्ताले लेखे, “हरभजन सिंहले आर्चरलाई कालो ट्याक्सी भनिरहेका छन्।” उनले यसको क्लिप पनि एक्समा पोस्ट गरे ।
यसैबीच, अर्का प्रयोगकर्ताले लेखे, “हरभजन सिंहले हिन्दी कमेन्ट्रीमा जोफ्रा आर्चरलाई कालो ट्याक्सी भने। यो धेरै नराम्रो कुरा हो। कृपया उनलाई प्रतिबन्ध लगाउनुहोस्।”
Facebook Comment