सल्यानमा जीप दुर्घटना, १७ जना घाइते

सल्यान। सल्यानमा जीप दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कुमाख गाउँपालिकाको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सिद्धकुमाख गाउँपालिका-३ फलाटे नजिकै गतियानामा सोमबार बिहान करिब १० बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरिएको र सबैको शारदा नगरपालिका–१ श्रीनगर स्थित शारदा पोलिक्लिनिकमा उपचार भइरहेको जिप्रका सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार उनका अनुसार ब्रेक फेल भएर भित्तामा ठोक्किँदा यात्रुबाहक जीप सडकमै पल्टिएको थियो।
गाडी चालक शारदा नगरपालिका–१ बस्ने वर्ष २४ का आकाश वादीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरू भएको छ।
प्रतिक्रिया
Facebook Comment