१६ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

पाँचथर । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।
हिलिहाङ गाउँपालिका–४ घर भएका २६ वर्षीय दोर्ण रसाईलीलाई प्रहरीले पक्राउ गरेको हो।
रसाईलीले ती बालिकालाई फिदिम नगरपालिका–२ रमिते डाँडास्थित रमिते होटलको कोठामा बिहीबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया
Facebook Comment