एक वर्षमा ५७ प्रतिशतमा स्वच्छ खानेपानी पुर्‍याउँछौं : मन्त्री यादव

डिसी नेपाल
१० चैत २०८१ १७:४२

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले एक वर्षभित्रमा ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य लिइएको बताए।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले खानेपानी तथा सरसफाइ उपभोक्तालाई समेत साथमा लिएर आगामी वर्षभित्र ५७ प्रतिशत नागरिकमा स्वच्छ खानेपानी पुराउने लक्ष्य लिइएको बताएका हुन्।

नागरिकलाई स्वच्छ खानेपानी दिनु सरकारको दायित्व भएकाले प्राविधिक टोली खटाएर स्वच्छ खानेपानी उपलब्ध गराइने उनले बताए।

उनले मेलम्ची खानेपानी विस्तारमा कमजोरी नभएको भन्दै विधुत प्राधिकरणको कमजोरीका कारण बबरमहलमा पाइट फुटेको बताए।

त्यस्तै उनले खानेपानी तथा सरसफाइ आधारभूत आवश्यकता मात्र नभइ समग्र समाजको स्वास्थ्य, समृद्धि र विकाससँग गाँसिएको विषय भएको उल्लेख गरे।

पानीको व्यवस्थापन, सरसफाइको र स्वास्थ्य सुरक्षा कायम राख्ने मुख्य जिम्मेवारी महिलाहरूको काँधमा रहेको उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *