मन्त्रिपरिषद् बैठक सुरु

डिसी नेपाल
१० चैत २०८१ १९:१९

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकबाट संक्रमणकालीन न्यायको संयन्त्रमा पदाधिकारी छनोट गर्न पुन: सिफारिस समिति गठन गर्ने सम्भावना छ।

मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच संक्रमणकालीन न्यायको संयन्त्रमा पदाधिकारी छनोट गर्ने निर्णय भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *