राप्रपा पदाधिकारीको बैठक सम्पन्न, आन्दोलनको खाका पारित
काठमाडौं । राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा नेपालको पदाधिकारी बैठक सम्पन्न भएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले भोलि चैत १२ गते बस्ने आन्दोलन मूल समितिको बैठकमा पेश हुने कार्यक्रम र कार्ययोजनाको मस्यौदा पारित गरेको छ। उनका अनुसार आन्दोलन मूल समितिको बैठक मंगलबार बिहान ११ः०० बजे धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बस्नेछ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed