लेखासहित संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछन्।
संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ः३० बजे बोलाइएको छ। जुन बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन उपर छलफल हुने छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पुरानै एजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ। जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ।
साथै, सार्वजनिक लेखा समितिको बैठकमा भने हुलाकी, वि.पी र अरनिको राजमार्गलगायतका राष्ट्रिय राजमार्गहरुको वर्तमान अवस्थाबारे छलफल हुने संसद सचिवालयले जनाएको छ। जुन बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ।
प्रतिक्रिया
Facebook Comment