भारतमा सांसदको तलबमा २४ प्रतिशतले वृद्धि, अब मासिक २ लाख भन्दा बढी

डिसी नेपाल
११ चैत २०८१ ८:१६

नयाँदिल्ली । भारत सरकारले सांसदहरुको तलबमा २४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।

संसदीय मामिला मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार अब प्रत्येक सांसदले मासिक १ लाख २४ हजार भारतीय रुपैयाँ अर्थात १ लाख ९८ हजार नेपाली रूपैयाँबराबर तलब पाउने भएका छन् । यो तलब अप्रिल १ वाट लागु हुनेछ ।

यसका साथै सांसदलाई दिँदै आएको दैनिक भत्ता र पूर्व सांसदको पेन्सनमा पनि संशोधन गरिएको छ । र, अब सांसदहरू दैनिक भत्ता २ हजार देखी २५०० भारतीय रूपैयाँसम्म बढाइएको छ। जसअनुसार प्रत्येक सांसदको तलब अब मासिक २ लाख नेपाली रूपैयाँ भन्दा बढी हुने भएको छ ।

उता, पूर्व सांसदहरूको पेन्सन प्रति महिना २५ सयबाट बढाएर ३१ सय भारतीय रूपैयाँ गरिएको छ भने अतिरिक्त निवृत्तिभरणमा पाँच वर्षभन्दा बढी सेवा गरेका पूर्व सांसदहरूले अब प्रत्येक अतिरिक्त वर्षको लागि प्रति महिना २५०० भारतीय रूपैँया पाउने छन भने जुन पहिले २ हजार भारतीय रूपैयाँ मात्रै रहेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *