आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

डिसी नेपाल
११ चैत २०८१ ९:१८

काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ८० हजार कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्ममा आवेदन दिन पर्ने हुन्छ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।

सेयरको प्रतिकित्ता भाउ न्यूनतम २०५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *